कर्मचारीबाट घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न : माधव नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीबाट घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न : माधव नेपाल


३ मंसिर २०७६, मंगलबार


काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुबाट घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले नेता तथा मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको दाबी गरेका छन् ।

उनले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ । उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस