नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ


२ मंसिर २०७६, सोमबार


काठमाडौँ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा प्रदर्शन गर्ने कांग्रेसको भ्रातृ संगठन नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतका नेता कार्यकर्ता रहेका छन् ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै सोमबार साँझ बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस