मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवाला गुप्ताविरुद्ध भ्रष्टचार मुद्धा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवाला गुप्ताविरुद्ध भ्रष्टचार मुद्धा


२ मंसिर २०७६, सोमबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवालाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

अनुसन्धानको क्रममा मालपोतका तत्कालिन फाँटवाला मदन प्रसाद गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ राजश्व रकम हिनामिना गरेको पाइएकोले उक्त रकम बराबरको विगो कायम गरी उनीविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

फाँटवाला गुप्ताले आ.व. ०७०र०७१ को रजिष्ट्रेशन फाँट ‘ख’ मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको प्रमाण भेटिएको कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस