२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्रीद्वारा युनेस्को महासभालाई सम्बोधन

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फ्रान्सको पेरिसमा आयोजित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४०औँ महासभा बैठकमा शनिबार नेपालकोतर्फबाट सम्बोधन गरेका छन् ।

पूर्वीय दर्शनमा आधारित उपनिषदको संस्कृत श्लोकबाट सम्बोधन शुरु गरेका मन्त्री पोखरेलले युनेस्कोको लक्ष्य र पूर्वीय दर्शनको समानान्तरको कुरा राखेका थिए । महासभामा उनले नेपालले हालै जारी गरेको नीति सार्क शिक्षा र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्य नं ४ का बुँदा पूरा गराउन पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्मका लागि राष्ट्रिय कार्यढाँचा तर्जुमा गरी कार्यान्वयन अघि बढाइएको बताए ।

सन् २०२२ सम्म विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाले सन् २०३० सम्मको नेपालको मध्यम आय बन्ने राष्ट्रको लक्ष्यलाई सघाउ पुर्‍याउने जानकारी गराए ।

शिक्षा प्रविधि जस्तै आर्टिफिसल इन्टेलिजेन्टको शिक्षालगायतका राष्ट्रिय महत्वका विषयमा हस्तक्षेपकारी भूमिकालाई प्रभावकारी बनाउन चाहिने प्राविधिकलगायतका सहयोगलाई युनेस्कोलाई आह्वान गरेका थिए । बुद्ध धर्मको श्लोकद्वारा आफ्नो सम्बोधन अन्त्य गरेका मन्त्री पोखरलेले सन् २०२० मा नेपालमा आयोजना हुन लागेको नेपाल भ्रमण वर्षका लागि युनेस्कोका महानिर्देशक र उपस्थित सबैलाई निमन्त्रणा पनि दिएका थिए ।

भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे प्रकाश पार्दै उनले दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकारको प्राथमिकतामा विज्ञान, प्रविधि रहेकाले त्यसलाई प्रवर्द्धन गर्न सरकारले अनुसन्धान र नवप्रवर्तनमा युवा वैज्ञानिकलाई प्रोत्साहन गरिरहेको जानकारी गराए । यही नोभेम्बर १२ देखि शुरु भएको युनेस्कोको महासभा नोभेम्बर २७ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस