विद्युत् बक्यौता ३३ करोड बढी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् बक्यौता ३३ करोड बढी


१ मंसिर २०७६, आइतबार


अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५/७६ सम्मको मात्रै रु ३३ करोड ७ लाख महसुल उठाउन बाँकी रहको हो ।

प्रदेशमा सडक बत्तीबापत रु ९ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु १ करोड ६८ लाख २२ हजार, कालोसूचीमा राखिएका ग्राहकबाट रु १ करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट रु २० करोड ५२ लाख १० हजार गरी रु ३३ करोड ७ लाख महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको जनाइएको छ । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख शतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको बताए ।

महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले बक्यौता रकम सङ्कलन हुने अपेक्षा लिइएको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यससँगै १२ वटा विद्युत् वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णको भनाइ छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस