आजदेखि सुरु गढीमाई मेला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आजदेखि सुरु गढीमाई मेला


१ मंसिर २०७६, आइतबार


काठमाडौं । बाराको गढीमाई मेला आजदेखि सूरु भएको छ । बलीका लागि प्रशिद्ध मानिएको बाराको गढीमाई मेला महागढीमाई–१ स्थित बरियारपुरमा आजदेखि सुरु भएको हो ।

प्रत्येक पाँच-पाँच वर्षमा लाग्ने मेलामा लाखौं भक्तजनको भीड लाग्ने गर्दछ । मेला व्यवस्थापनको लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । मंसिर १७ र १८ गते वशुवलीको समय तालिका बनाइएको मेला व्इवस्थापन समितिले जनाएको छ ।

मेलामा मंसिर १० गतेदेखि सात सय ट्राफिक प्रहरीसहित नेपाल प्रहरी खटिने जनाइएको छ । सुरक्षाका लागि ६० वटा सिसि क्यामेरा जडान गरिएको छ भने ड्रोनबाट समेत निगरानी गरिने तयारी गरिएको बताइएको छ ।

मेला मंसिर महिनाभरी लाग्नेछ । मेलाको जानकारीका लागि पर्यटन मन्त्री योगेश भट्टराई मंसिर २ गते बाराको बरियारपुरजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस