२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिफोन र एडिएसएलमा समस्या

अ+ अ-

भोजपुर । जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्री (ब्याकअप) मा एक समस्या आएको छ । विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ ।

फोन तथा इन्टरनेटको सेवा अवरुद्ध हुने बित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा लोक सेवा, शिक्षक सेवा, डिभी फाराम भर्नेलगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका सञ्चालक सुवास कठेतले बताए । जिल्लावासीले इन्टरनेट र फोन सेवा नियमित नहुँदा अनावश्यक शुल्क तिर्नु परेको बताएका छन् । चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा पनि सेवा शुल्क तिर्नुपरेको होटल व्यवसायी पवन राईको गुनासो छ ।

नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सबै धनकुटा टेलिकमले हेर्ने भएकाले धनकुटामै सम्पर्क गर्नुपर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । नेपाल टेलिकम धनकुटाले भने समस्याका बारेमा समयमा जानकारी नआएकाले यो समस्या समाधान गर्न नसकिएको बताएको छ ।

विराटनगर टेलिकम कार्यालयसँग समन्वय गरेर तीन÷चार दिनभित्रमै ब्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिए । चार वर्षअघि सेवा जडान गरिएको जिल्लामा ९६ वटा ल्याण्डलाइन र एडिएसएलको पोष्ट जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस