मोटरसाइकल पल्टिँदा चालकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु


३० कार्तिक २०७६, शनिबार


चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति १२ बजे रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस