मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल


२९ कार्तिक २०७६, शुक्रबार


चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको उद्घाटन गर्दै उनले अबको दुई वर्षमा काम देखिने बताए ।

सौराहा चोकदेखि सौराहासम्मको छ किलोमिटर सडकलाई प्रदेश सरकारले नमूना सडक बनाउने भन्दै ठाउँ खाली गरिदिन उनले आग्रह गरे । देश र विदेशबाट आएका पर्यटकले सौराहा चोक पुगेपछि सौराहा आएको अनुभूति हुने गरी सडक निर्माण गरिने पौडेलको भनाइ थियो ।

परम्परागत खेतीले मुलुकको विकास नहुने भन्दै उहाँले एकीकृत खेती प्रणाली थालेर खाद्यान्नको आयात घटाउनुपर्ने बताए । बीमा कार्यक्रम गरेकोमा नगरपालिकालाई विशेष धन्यवाद दिँदै उहाँले यसलाई निरन्तरता दिनका लागि स्वामित्व स्थानीयले लिनुपर्नेमा जोड दिए ।

रत्ननगर नगरपालिका–७ बोद्रनी गाउँका १४९ घरका ६६६ बाट बीमा शुरु गरिएको हो । क्रमशः रत्ननगर नगरपालिका वडा नम्बर ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रमा बस्ने विपन्न परिवारको बीमा गरिने नगरप्रमुख नारायण वनले जानकारी दिए । विपन्न परिवारको जीवन र जनधनको बीमा गरिएको हो ।

नगर प्रमुख वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बीमा भुक्तानी गरिने छ । मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको छ । यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बीमा भुक्तानी गरिने छ ।

नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषकोे रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु ८ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा सञ्चालन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस