२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा अभिधम्म पिटक वाचन

अ+ अ-

रुपन्देही । लुम्बिनीमा चलिरहेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमअन्तर्गत आज अभिधम्म पिटक वाचन गरिएको छ । मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको त्रिपिटक वाचनको दोस्रो दिन नेपाल, कम्बोडिया, कोरिया, जापान र भियतनामका भिक्षुहरुले अभिधम्म पिटक वाचन गरेका हुन् ।

त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।

पहिलो दिन बिहीबार नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घ निकायको बह्रमजालसुत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गरेका थिए । शनिबार अन्तिम दिन त्रिपिटकअन्तर्गतको विनय पिटक वाचन गरिने आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले जानकारी दिए ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान बुद्धको उपदेश सङ्ग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

नुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस