२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्। मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गरेका हुन् ।

उनले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गरेकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको शुरुआत गरिएको बताए । सहकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने अभियान चलाएको उल्लेख गर्दै उनले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम गर्ने कर्मचारीको भविष्य सुरक्षित गर्न सहकारीलाई आबद्ध गराउन थालिएको बताए । साना किसान तथा सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक डा.शिवराम कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले आफूहरु सहभागी हुन तयार रहेकाले पहिले सञ्चय कोषमा राखिएको आफूहरुको कोषका बारेमा स्पष्ट गराउनुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) अध्यक्ष डिबी बस्नेतले सामाजिक सुरक्षा कोषले सहकारीमा काम गर्ने कर्मचारीले पनि निवृत्तिभरण पाउँछन् भन्ने गराउने भएकाले आबद्ध हुने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोषमा आबद्ध हुन आफूहरुले खोजे पनि केही प्रावधानका कारण हुननसकेको भन्दै ती प्रावधान सुधार गर्नुपर्ने बताए ।

सरकारले गत वर्ष मङ्सिर ११ गते सामाजिक सुरक्षा कोष घोषणा गरेर यही साउन १ गतदेखि देशभरि लागू भएको हो । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषमा अहिले १० हजार संघ संस्थाका करीब एक लाख ८ हजार सूचीकृत भएका छन् । उनले सबै सहकारी संस्थालाई कोषमा आबद्ध हुनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

मुलुकभरि करीब ३५ हजार सहकारी रहेका छन् । कोषमा अहिले ५ सय सहकारी सूचीकृत भइसकेका छन् । कोषमा सूचीकृत भएपछि ११ प्रतिशत रोजगारदाताबाट र २० प्रतिशत रोजगारदाता संस्थाबाट रकम जम्मा हुने गर्दछ । कोषमा सूचीकृत हुनका लागि आगामी मङ्सिर १४ गतेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस