२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा पहिलो पटक आँखा, कान र दाँतको स्क्रीनिंग क्याम्प

अ+ अ-

डोटी । डोटीमा पहिलो पटक पालिका स्तरिय आँखा, कान र दाँतको स्क्रीनिंग क्याम्प संचालन भएको छ ।

विद्यार्थीहरुको स्वास्थ्यमा दातँ, कान र आँखाको प्राय बढी समस्या हुनुका साथै बालबालिकाहरुमा जनचेतना अभिवृद्धी होस भन्ने हेतुले पालिका स्थरीय आँखा,कान र दाँतको चेकजाचका लागि स्क्रीन क्याम्प संचालन गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताए ।

उनले भने, हामी नमुनाको रुपमा ‘डोटीका प्रत्येक स्थानीय तहको एउटा, एउटा विद्यालयमा क्याम्प संचालन गर्छौ त्यसपछी चेकजाच पछीको अवस्था केछ सामान्य अवस्था भए निशुल्क रुपमा औषधी दिन्छौ, जटील समस्या भएका बालबालिकाहरुका अभिभावकलाई थप उपचारको लागि सल्लाहा दिन्छौ ।’

स्क्रीनिंग क्याम्प डोटीमा बुधबार देखि सुरु भएको हो । बुधकार पुर्विचौकी गाउँपालिकाको सरस्वती माध्यामीक विद्यालय र बिहीबार दिपायल सिलगढी नगरपालिकाको सुनादेबी माध्यामीक विद्यालयमा संचालन भएको थियो ।

दुई पालिकामा संचालन भएको क्याम्पमा १ हजार ३ सय तेईस जना बालबालिकाको चेकजाच गरिएको छ । जसमा ५ सय बाह्र जनाको दात, ४ सय उनासी जनाको आखाँ र ५ सय तेह्र जनाको कानको चेकजाच गरीएकोमा २ सय चालिस जना बालबालिकाको दातको समस्या, ५ जनाको आँखाको समस्या र ७७ जनाको कानको समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सुर्य बिस्टले जानकारी दिएका छन् ।

चेकजाच गरेको बालवालिकाहरुमा दाँत, कान र आखाँमा समस्या देखिएका बालवालिकाहलाई फलोअपको लागि स्वास्थ्य कार्यालयमा आउनको लागि जानकारी गरिएको समेत संयोजक बिस्टले बताए ।

पहिलो चरणमा बुधबार देखि सुरु भएको स्क्रीनिंग क्याम्प बिहीबार दिपायल सिलगढी नगरपालिका अन्तर्गतको सुनादेबी माबी र शुक्रबार शिखर नगरपािलका अन्तर्गत वडा नम्बर दश शिद्धेश्वर माबिमा संचालन गरिने आयोजन संस्थाले जानकारी दिएको छ । अन्य स्थानीय तहको हकमा भने केही दिन पछी निर्णय गरिने समेत बताए ।

स्क्रीनिंग क्याम्पमा हिमाल डेन्टल अस्पताल घनगढीका दण्त रोग विशेषज्ञ डा.रमेश भण्डारी, जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत खुर्सिद आलम खान, आखा उपचार केन्द्र डोटीका नेत्र सहायक सुजर बल्दार लगाएत अन्य स्वास्थ्यकर्मिहरु पनि संलग्न रहेका थिए ।

प्रतिक्रिया दिनुहोस