वडाध्यक्षमा चार जनाको उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडाध्यक्षमा चार जनाको उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार


डोटी । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको हो ।

जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली कांग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका काशिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए ।

२ हजार ४ सय उन्नसाठी मतदाता रहेको सो वडामा तिन वटा मतदान स्थल रहेको समेत अधिकृत काफ्लेले बताए । कुल मतदाता मध्य १ हजार ४३ पुरुष र १ हजार ४ सय सोह्र जना महिला रहेका छन् ।

यसअघि तत्कालिन नेकपा एमालेबाट निवार्चित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस