४० औं महासभाकाे बैठकमा भाग लिन शिक्षामन्त्री पेरिसमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४० औं महासभाकाे बैठकमा भाग लिन शिक्षामन्त्री पेरिसमा


२७ कार्तिक २०७६, बुधबार


काठमाडौं । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहेका छन् ।

(युनेस्को)को मुख्यालयमा जारी सो महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा समेत छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

महासभामा सहभागी मुलुकका शिक्षा हेर्ने मन्त्रीको बैठकमा समेत भाग लिने छन् मन्त्री पोखरेलले महासभालाई यही नोभेम्बर १६ तारिखका दिन सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्वका १९३ मुलुकका प्रतिनिधि सहभागी महासभामा शिक्षा सचिव महेशप्रसाद दाहाल, युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) दीपक अधिकारी, युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा.बाबुराम अधिकारी, आयोगको सचिवालयका सचिव खगराज पौडेल, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायत आठ सदस्य सहभागी छन् । ‘अ ग्लोबल ल्याबेरोटरी अफ आइडियाज टु म्याप फ्युचर मल्टिल्याटरल कोअपरेसन’ को मुख्य विषयमा जारी महासभा यही नोभेम्बर १२ देखि २७ तारिखसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस