बङ्लादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बङ्लादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते


२६ कार्तिक २०७६, मंगलबार


ढाका । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् ।

देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने ।

उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् ।

‘अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।

बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस