अनाथ बालबालिकालाई त्रिपुरासुन्दरी माताको सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनाथ बालबालिकालाई त्रिपुरासुन्दरी माताको सहयोग


२६ कार्तिक २०७६, मंगलबार


डोल्पा । अनाथ बालबालिकालाई माता त्रिपुरासुन्दरीद्धारा झोला सहयोग गरेको छ । डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका अनाथ बालबालिकाहरुलाइ झोला सहयोग गरिएको हो ।

महिला सामुदायिक सेवा समाज तथा अनाथ बालबालिका संरक्षण केन्द्रकी अध्यक्ष दिलमाया बिष्टले रेखदेख गर्दै आएका अनाथ बालवालिकाहरुलाइ हस्तान्तरण गरिएको हो ।

त्रिपूरासुन्दरी नगरपालिकाका तिनवटा विद्यालयका बालबालिकाहरुले झोला पाएका हुन् । अनाथ संरक्षण केन्द्र त्रिपुराकोटका १५ जना,हिमज्वती आधारभुत विद्यालयका १० जना,भवानी आधारभुत विद्यालयका १० जना र अन्य दलित जनजाति बालबालिका १५ जनालाई झोला वितरण गरिएको हो ।

प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा श्री माता आध्यात्मिक शक्ति केन्द्र भक्तपुरद्धारा ५० जना बालबालिका र अन्य धामी पुजारीहरु सहित गरेर ७९ थान झोला वितरण गरिएको मन्दीरका पूजारीले जानकारी दिएका छन् ।

त्यसैगरी विभिन्न मन्दिरका धामी पुजारी र ब्रामणहरु र झोला बितरणमा सहयोग गर्ने ब्यक्तिलाइ समेत एक–एक वटा झोला बाँडिएको हो । अनाथ,असहाय एवम् विपन्न बालबालिकालाइ थोरै भएपनि राहत महशुस होस भनेर यसबर्ष पनि झोला वितरण गरिएको शक्ति केन्द्र भक्तपुरले जनाएको छ ।

निशुल्क रुपमा झोला पाएपछि बालबालिकाहरु खुशी भएका छन् । शक्ति केन्द्रले गत बर्ष पनि डोल्पाका अनाथ,असहाय र बेसहारा बालबालिकालाई झोला वितरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस