२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार विधि र कानूनअनुसार चल्न सकेन : नेता केसी

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विधि र कानूनअनुसार चल्न नसकेको आरोप लगाएका । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन समारोहमा उनले विधिको शासनबाट मुलुक अगाडि बढ्न नसकेको बताए । ‘व्यक्तिबाट होइन विधिअनुसार मुलुक सञ्चालन हुनुपर्छ’, उनले भने ।

दुई तिहाइको जनमत पाएको वर्तमान सरकार दुई तिहाइको बलमा सबै संस्थालाई नियन्त्रण गर्ने दिशामा अगाडि बढेको छ, यसलाई रोक्न कांग्रेस एकजुट भएर लाग्नुपर्छ’, उनले भने । नेता केसीले कांग्रेसभित्र सुधारको खाँचो रहेको बताउँदै १४औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढे मात्र आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सरकार ट्रेड युनियनलाई खारेज गर्ने दिशामा अगाडि बढ्न खोजेको बताए । उनले कांग्रेसले अगाडि बढाएको सामाजिक सुरक्षा कोषलाई वर्तमान सरकारले शुभारम्भ गरेर आफूले ल्याएको भन्दै प्रचारबाजी गरिरहेको छ भने । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले गुणस्तरीय दूध उत्पादन गरेर उपभोक्ताको हकअधिकारलाई सुनिश्चित गर्ने दिशामा बोर्डले काम गरिरहेको उल्लेख गरे ।

संस्थानले हाल देशभरका झण्डै ५ लाख किसानबाट उत्पादित दूधलाई खरीद गरेर आम उपभोेक्तालाई बिक्री गर्दै आएको संघका अध्यक्ष तेजनाथ ढकालले जानकारी दिए । २ दिनसम्म चल्ने महाधिवेशनले संघको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।