गोली प्रहार गरी कर्मचारीबाट छ लाख लुटपाट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोली प्रहार गरी कर्मचारीबाट छ लाख लुटपाट


२६ कार्तिक २०७६, मंगलबार


बारा । बाराको फेटा गाउँपालिका–२ जगतपुर टोलमा मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान विकास बैंक लिमिटेडका एक कर्मचारीको साथमा रहेको छ लाख रुपियाँ लुटेर फरार भएका छन् ।

बाराको प्रसौनी स्थित निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्काले त्यस बैंकले महिलाहरुको समुहमा लगानी गरेको सावाँ तथा व्याज संकलन गरी फिर्ता आउने क्रममा जगतपुर टोलमा आज करिब १२ बजे लुटिएका हुन् ।

भारतीय गाडी नम्बर नखुलेको प्यासन प्रो मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली फायर गर्दै खड्काको साथमा रहेको उक्त रकमसहित मोबाईल सेट लुटेर फरार भएको बारा प्रहरीले जनाएको छ ।

हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड हवाई फायरिङ गरेर खड्काको साथमा रहेको छ लाख रुपियाँ लुटेर भारततर्फ भागेको जानकारी प्राप्त भएको प्रहरी अधिकारीले बताएका छन् ।

गोली चलाएर पैशा लुटेपनि मानवीय क्षति भने नभएको र लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस