रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट, प्रहरी जवान घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट, प्रहरी जवान घाइते


२६ कार्तिक २०७६, मंगलबार


रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

घटनामा एक प्रहरी जवान घाइते भएको जनाइएको छ । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।

नेपाल भारत सीमा नजिकै चौकी रहेको छ । चौकी अगाडी सेन्ट्री बसेका प्रहरीलाई लक्षित गरी बम प्रहार गरेका हुन् ।

मोटरसाइकलमा आएका युवाले प्रहरीलाई लक्षित गरेर बम प्रहार गरेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस