युनेस्कोको महासभामा भाग लिन मन्त्री पोखरेल फ्रान्स प्रस्थान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

युनेस्कोको महासभामा भाग लिन मन्त्री पोखरेल फ्रान्स प्रस्थान


२६ कार्तिक २०७६, मंगलबार


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् ।

उनी सोमबार राति ११ बजे पेरिस प्रस्थान गरेका हुन् ।

युनेस्को नेपालको अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले यही कात्तिक ३० गते दिगो विकासमा शिक्षाको मार्गदर्शन र नेपालको पछिल्लो अवस्थाका बारेमा सम्बोधनगर्ने कार्यक्रम रहेको छ ।

उनले युनेस्कोको महासभाका विभिन्न बैठकमा समेत नेपालको धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।

युनेस्कोको महासभाबाट फर्केपछि मन्त्री पोखरेल कतारमा आयोजना हुने २२ देशका शिक्षा मन्त्रीहरुको बैठकमा सहभागी हुनेछन् । मन्त्री पोखरेल आगामी मङ्सिर ५ गते स्वदेश फिर्ता हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस