प्रदेश नं ५ : लोक सेवा सदस्य बाबुराम गौतमले लिए शपथ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं ५ : लोक सेवा सदस्य बाबुराम गौतमले लिए शपथ


२६ कार्तिक २०७६, मंगलबार


बुटवल । प्रदेश नं ५ को लोक सेवा आयोगको सदस्यमा नियुक्त भएका बाबुराम गौतमले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनले प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईसमक्ष शपथ लिनुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गुल्मी दरबार गाउँपालिका–२ जुभुङका स्थायी बासिन्दा गौतम केही महिनाअघि मात्र नेपाल सरकारको सहसचिव पदबाट सेवानिवृत्त भएका थिए ।

प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित तीन सदस्य हुने व्यवस्था रहे पनि सिफारिस मितिले सिफारिस गरेका एकजना महिला सदस्यको शैक्षिक प्रमाणपत्रमा विवाद उठेपछि एकजना सदस्यको मात्र शपथ गराइएको हो ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस