२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशी राष्ट्रपति आज नेपाल आउँदै

अ+ अ-

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा नेपाल आउँदै छन् । तीन दशकपछि राष्ट्रपतिस्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो।

सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपालको एकदिने सद्भावना भ्रमण गरेका थिए। अर्सद नदी जोड्ने परियोजनाअन्तर्गत सहकार्यका विषयमा छलफल गर्न काठमाडौं आएका उनले पाँच घण्टा नारायणहिटी दरबारमा बिताएका थिए।

भारत र चीनपछिको निकट मित्र बंगलादेश हो।

यो भ्रमणमा द्विपक्षीय सम्बन्ध, राजनीति, व्यापार र क्षेत्रीय मामिलाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले यसलाई सद्भावना भ्रमण भनेकी छन् । यो स्तरको भ्रमणले नेपाल–बंगलादेश सम्बन्ध थप मजबुत हुने उनको बुझाइ छ।

भ्रमणका क्रममा पर्यटन तथा आर्थिक–सांस्कृतिक सम्बन्धमा नेपाल र बंगलादेशले सहकार्य गर्न सक्ने सम्भावना रहेको छ ।

यतिबेला बंगलादेशसँगको बढ्दो व्यापारघाटा चाँसोको विषयका रुपमा लिइएको छ । सन् २०१६ सम्म बंगलादेश व्यापारघाटामा थियो, नेपाल नाफामा। तर, हाल त्यसको ठीक उल्टो बंगलादेश नाफा र नेपाल घाटामा गएको अवस्था छ। बंगलादेशले गत वर्ष विश्वभरबाट ५७ अर्ब डलरको वस्तु आयात गर्दा नेपालको हिस्सा करिब बराबर मात्र थियो।

कोलकातापछि नेपालबाट जलमार्गसम्म सबैभन्दा सहज पहुँच स्थापित हुने बन्दरगाह भएको मित्र मुलुक बंगलादेश भएकोले दुई देशबीच कनेक्टिभिटीमा हवाईसँगै सडक मार्गमा पनि नेपालले विशेष जोड दिनुपर्ने विज्ञहरुको भनाई छ ।

हमिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधि स्तरको द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उनीसँग प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विभिन्न दलका नेताले शिष्टाचार भेट गर्नेछन्। हमिदको भ्रमण टोली ५२ सदस्यीय रहने जनाइएको छ। उनी भक्तपुर, पोखरा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस