राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जेन्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जेन्टिना, बहराइन र लाओसका गैरआवासीय राजदूतहरू क्रमशः डानियल चुबुरु, अब्दुलरहमान मोहमद अहमद अल गौड र बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस