लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको छलफलपछि समितिका सभापति शशी श्रेष्ठले लिम्पियाधुरालाई सीमा मानेर नयाँ नक्सा प्रकाशित गर्न निर्देशन दिएकी छन् । नेपालले जारी गरेको नक्सामा लिपुलेक र कालापानी मात्रै समेटिएको छ ।

भारतले हालै जारी गरेका नक्सामा लिपुलेक र कालापानीसमेत आफ्नो भूमिमा समेटेपछि विरोध स्वरुप विभिन्न स्थानमा प्रदर्शन भएको छ । समितिले कुटनीतिक रुपमा समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पनि लिम्पियाधुरा नै नेपाली भूमि भएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस