‘रूप ज्योतिको म्याद थपले थप आशङ्का’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘रूप ज्योतिको म्याद थपले थप आशङ्का’


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । उद्योगपति एवम् पूर्व अर्थ सहायक मन्त्री रुपज्योतिलाई अनुसन्धान गर्न म्याद थप गरिएको विषय प्रति राष्ट्रिय व्यावसायिक पहल(एनबीआई)ले आपत्ति जनाएको छ ।

रूप ज्योतिलाई लगाइएको आरोप गम्भीर प्रकृतिको ठगी नभएकाले त्यसै आधारमा म्याद थप गरी हिरासतमै राख्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव सुरेन्द्रवीर मालाकारद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘….दुई पक्षबिचको लेनदेन कारोबारमा धरौटी रकम समेत राखिएको हुनाले हिरासतमै राख्नुपर्ने प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन ।’

चाँडो अनुसन्धान सकेर अदालतमा पेस गर्नुको साटो म्याद थप गरिएको प्रति आशङ्का उत्पन्न भएको वक्तव्यमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस