डा. केसीलाई काठमाडौं पुर्‍याउन सेनाको हेलिकप्टर डडेलधुरा पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसीलाई काठमाडौं पुर्‍याउन सेनाको हेलिकप्टर डडेलधुरा पुग्यो


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । डडेल्धुरामा अनशनत डाक्टर गोविन्द केसीलाई काठमाडौं पुर्‍याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पठाइएको हो ।

आइतबार डडेल्धुरा अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्थामा थप जटिलता आएको जानकारी गराएको थियो । केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले जटिल बन्दै गएको डा. केसीको स्वास्थ्य अवस्थाको व्यवस्थापन गर्न नसक्ने अस्पालले जनाएको छ । ‘थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।

डा. केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। प्रशासनले डा. केसीलाई  काठमाडौं पठाउन पहल गरे पनि केसीले मानेका छैनन्। हेलिकप्टर डडेल्धुरास्थित सैनिक ब्यारेकमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस