बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । प्रसूतिगृह थापाथलीमा रहेकी अछामकी १२ वर्षीया बालिकाको गर्भपतन गरिएको छ । अविवाहित १२ वर्षीया बालिकाको बलात्कृत भएर ५ महिनाको गर्भ पहिचान भएपछि थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार गर्भपतन गराईको हो । बालिका बौद्धिक अपाङ्ग पनि छन् ।

बालिकालाई जंगलमा खेल्न जाँदा गत महिना कुकुरले टोकेको थियो। उपचारका लागि गाउँलेले नजिकैको बयलगाडा अस्पताल पुर्‍याएपछि तीन दिन रेबिजको सुई लगाए । सुइ लगाएपछि उनको पेट सुनिन थाल्यो। स्वाथ्य जाँच गर्दा पाँच महिनाको गर्भ रहेको पत्ता लाग्यो। बालिकाको बलात्कार भएको हुनसक्ने भन्दै उनैले पहिचान गराएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मन्त्रीले भेटिन बालिकालाई

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले बालिकालाई प्रसूती गृहमा भेटेकी छन् । मन्त्रीथापा बालिकाको स्वास्थ्य अवस्था वुझ्न प्रसुती गृह पुगेकी हुन् । मन्त्री थापाले बालिकाको स्वास्थ्य अवस्था वुझेपछि बालिकालार्ई पुनर्स्थापना गर्न र उपचारमा लाग्ने खर्च मन्त्रालयले बेहोर्ने बताएकी छन् । बालिकालार्य पूर्णरुपमा स्वस्थ्य हुन लाग्ने खर्च र उनलाई कसको जिम्मा लगाउने भन्ने विषयमा छलफल गर्ने बताएकी हुन् ।

बालिकालाई आशा नेपाल गोदावरी नामक संस्थाले आश्रय दिने भएको छ । आइतबार प्रसूतिगृह र मन्त्रालयसँग अनुमति लिएर बालिकालाई आशा नेपालको जिम्मा लगाइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस