डा. केसीलाई स्थानान्तरण गर्न डडेलधुरा अस्पतालमा सुरक्षाकर्मी परिचालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. केसीलाई स्थानान्तरण गर्न डडेलधुरा अस्पतालमा सुरक्षाकर्मी परिचालन


२५ कार्तिक २०७६, सोमबार


काठमाडौं । डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि प्रहरीले दबाब दिएको बताइएको छ ।

अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएकाले केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् ।

डा. केसीको स्वास्थ्यअवस्था नाजुक हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

डडेलधुरा अस्पतालले केसीको स्वास्थ्यअवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ।

केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने अवस्था रहेको जानकारी सम्बन्धित निकायमा गराइएको डडेलधुरा अस्पतालले जनाएको छ । केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस