२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानभासमा गणेश हिमाल र कालिकास्थान

अ+ अ-

कालिकास्थान । रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो ।

काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिएन, चित्रमा दुरुस्त उतारे । रसुवाको कालिकास्थान छेउ पारेर शिरमा उक्त दृष्यलाई शशीकुमार डङ्गोल, पुण्यराम माताँ, सूर्यराम सुवाल, झलक केसी र तथागत चित्रकारले क्यान्भास र आर्ट पेपरमा सिर्जना गरे। सहभागी कलाकार माताँ भन्छन्,’गणेश हिमाल रसुवाको महत्वपूर्ण हिमशृङ्खला हो, यसले पर्यटकलाई लोभ्याउँछ, रसुवाको परिचय बोकेको हिमाल भएकाले पनि यसमा मेरो ध्यान गएको हो ।’

उनले कलामार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने आफ्नो उद्देश्य रहेको बताए । गणेश हिमाललाई केन्द्रविन्दुमा राखेर उनले त्यहाँको समसामयिक विषय समेटेर चित्र बनाए । बिहानको घामपछिको सुनौलो हिमाल उनको क्यान्भासमा यथार्थ छ । कलाकार रुविन बाडे, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजाति र राकेशचन्द्र श्रेष्ठले यहाँको घुम्ती बजारलाई उतारे । कार्यक्रमको संयोजन गरेका दिवेश प्रधान, डिल्लीराज घिमिरे र लक्ष्मीप्रसाद खोतेजा तथा रुविन बाडेले एक्रेलिक र जलरङको फरक फरक माध्यमबाट धार्मिक पर्यटकीय क्षेत्र कालिकास्थानलाई र अर्का कलाकार दीपेन्द्रमान बनेपालीले घुम्ती बजारको पुरानो बस्ती कैद गरे। राधेश्याम चित्रकारले बेत्रावतीसहितको झुल्दै गरेको धान उतारे ।

लाङटाङ जाने महत्वपूर्ण मार्ग कालिका हुँदै जान्छ । केरुङ जाने बाटो पनि यही हो । त्यही सुन्दर हिमाल हेर्न तथा यहाँको स्याउबारी आउन आन्तरिक र बाह्य पर्यटक लालायित हुने गरेका छन् । उचित प्रचार हुन भने नसकेका बेला कलामार्फत प्रयास हुनु महत्वपूर्ण भएको स्थानीयवासी पत्रकार हेमनाथ खतिवडाले बताए ।

यही कात्तिक २१ गतेदेखि शुरु भएको काठमाडौँका कलाकारको एक समूहले ‘रसुवा कला यात्रा’ आयोजना गरेको थियो । उक्त अभियानअन्तरगत स्थानीयवासीसहित १५ कलाकारले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रलाई चित्रमा उनेका छन् । कलाकार शुक्रबार रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा कला सिर्जना गरेर प्रदर्शन गरेपछि शनिबार रसुवाको कालिका गाउँपालिकामा चित्र कोर्न पुगेका हुन् ।

शनिवार आयोजित कार्यशालाबाट बनाइएका १५ चित्रलाई यहाँ आज बिहान प्रदर्शन गरिएको थियो । चित्रकला अवलोकन गर्दै कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले कला र कलाकार राष्ट्रको सम्पत्ति र गहना भएको बताए । पशुपतिलगायत काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा हातले बनाएका कलाले विश्व परिचित गराएको स्मरण गर्दै उपाध्यक्ष न्यौपानेले भने, ‘यहाँको धैबुङ्कोट, कमारेगढी नीलकण्ठ महादेव, कालिकास्थानलगायत क्षेत्रको पर्यटकीय महत्वको उजागर गर्न कलाकारहरुले भूमिका खेल्न सक्छन्, आगामी दिनमा हामी सहकार्यका लागि तयार छौँ ।’

सो क्रममा स्थानीयवासी पुण्यराम न्यौपानेले कलाकारले बनाएको चित्र यहाँको प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यहाँका डाँडाकाँडा चित्रमा देख्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । स्थानीयवासी कलाकार डिल्लीराज घिमिरेले काठमाडौँ, भक्तपुर र ललितपुरका सम्पदा र धार्मिक क्षेत्रमा कला सिर्जना गर्दै आएका कलाकारलाई राजधानी बाहिर ल्याएर स्थानीयस्तरमा कलाको महत्व बुझाउने प्रयास गरिएको र एक हिसाबले सफल भएको प्रतिक्रिया दिए ।

उक्त कार्यशाला र चित्रकला प्रदर्शनी सकिएपछि आजै नुवाकोटको विदुरमा कलाकार डङ्गोल र स्थानीय व्यवसायी ध्रुव रावलको संयुक्त लगानी रहेको ‘सुखद् आर्ट ग्यालरी’को समेत कलाकारको समूहले उद्घाटन गर्‍यो । काठमाडौँका कलाकार श्रेष्ठले ग्यालरी स्थापना गरेर यहाँको कलाकारिताको विकासमा सक्रिय भएको भन्दै बधाई दिए ।

प्रतिक्रिया दिनुहोस