सेनाले मेजरलाई प्रहरी वृत्तमा बुझायो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सेनाले मेजरलाई प्रहरी वृत्तमा बुझायो


२४ कार्तिक २०७६, आइतबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सेनानी राजेन्द्र शाहीलाई प्रहरीसमक्ष उपस्थित गराएको छ ।

कार्तिक १५ गते सामाखुसिस्थित जुवा खालबाट पक्राउ परेका नेपाली सेनाका सेनानी(मेजर)शाहीलाई अनुसन्धानका लागि नेपाली सेनाले महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा बुझाएको हो ।

उनलाई मिति गत कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं.१० सामाखुशीस्थित खरीबोट इलाकाबाट जुवामा संलग्न रहेको भनी नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएको थियो ।

अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्‍जबाट सेनानी शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भएपछि उपस्थित गराईको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारबाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको सेनाले जनाएको छ । ुनीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको छ जारी विज्ञप्तिमा भनिएको छ सोही बमोजिम गैर कानुनी कार्यमा संलग्न सैनिक व्यक्तिहरू उपर सैनिक ऐन बमोजिम कारबाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्‍याउन संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको छ ।ु

Tags :
प्रतिक्रिया दिनुहोस