मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


२३ कार्तिक २०७६, शनिबार


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ न्युरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना५९प५९२५ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भइ नालीमा खस्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गढी गाउँपालिका–३ मक्रनचुलीका २५ वर्षीय राजेश तिमल्सिना छन् । दुर्घटनापश्चात उपचारकोलागि हेटौंडा अस्पताल पुर्‍याइएका राजेशको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका २५ वर्षीय प्रल्हाद तिमिल्सिने छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस