सडक डिभिजन कार्यालयले भत्कायो वडा कार्यालय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सडक डिभिजन कार्यालयले भत्कायो वडा कार्यालय


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । सडक डिभिजन कार्यालय जनकपुरले शुक्रवार प्रहरी प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको छ ।

डिभिजन कार्यालयले जनकपुरधाम उप महानगरपालिका–२१ को सडकमै रहेको वडा कार्यालयमाथि डोजर चलाइएको हो ।

सडकमा रहेको वडा कार्यालय भत्काउन स्थानीयवासीले पटक पटक आन्दोलन गर्दै आएको भए पनि टेर पुच्छर लगाएको थिएन । निर्माणाधीन जनकपुर लोहारपट्टी सडक खण्डमा पर्ने वडा कार्यालय बचाउन डेढ वर्षअघि वडाध्यक्ष रामेश्वर महासेठले दक्षिणपट्टि रहेको राजर्षि जनक माध्यमिक विद्यालयको घर तथा पर्खाल भत्काउन लगाएपछि विवाद चल्दै आएको थियो ।

जन प्रतिनिधिले भेदभावपूर्ण तरिकाले विद्यालय भत्काएको भन्दै स्थानीय बासिन्दालयले सडकमा रहेको वडा कार्यालयसमेत भत्काउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गरेका थिए । त्यही क्रममा सडक डिभिजन कार्यालयले बाध्य भएर वडा कार्यालय भत्काएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस