प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने : मुख्यमन्त्री पौडेल


२२ कार्तिक २०७६, शुक्रबार


मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताएका छन् । उनले उक्त विषय संवैधानिक प्रक्रियामै अघि बढेको उल्लेख गरे ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताए ।

प्रदेशसभाको दुईतिहाई सदस्यले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाउने संवैधानिक प्रक्रिया भए पनि सकेसम्म सहमतिकै आधारमा जान खोज्दा ढिलाइ भइरहेको उनले प्रष्ट पारे । ‘सहमति भएन भने संवैधानिक प्रक्रियामा जानैपर्छ, त्यसपछि कहाँ हुन्छ भन्न सकिन्न’, मुख्यमन्त्री पौडेलले भने । सहमतिबिना संवैधानिक प्रक्रियामा गएर भए पनि छिट्टै स्थायी राजधानी तोकिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस