द्रुतमार्गको आन्तरिक छानबिन टुंगियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

द्रुतमार्गको आन्तरिक छानबिन टुंगियो


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौँ । निर्माण हुनु अगावै नेपाली सेनाले अनियमितताको आरोप खेपेको बहुचर्चित ‘काठमाडौं–मधेश द्रुतमार्ग’ निर्माण प्रक्रियाको आन्तरिक छानबिन टुंगाएको छ ।

काठमाडौँ उपत्यकाबाट दक्षिणी भेग मधेशमा एक घन्टामै पुग्न सकिने करिब ७३ किलोमिटर लामो द्रुतमार्ग निर्माण प्रक्रियाको सुरूआतमै अनियमितताको उजुरी परेपछि सेनाले अन्तरिक छानबिन थालेको थियो ।

बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा गठित छानविन टोलीले प्रधानसेनापति थापालाई प्रतिवेदन हस्तान्तरण गरेको छ । तर बाहिर आउन भने बाँकी नै छ ।

नेपाल सरकारको २०७४ साउन २७ को मन्त्रिपरिषद्को निर्णय अनुसार सेनालाई द्रुतमार्ग बनाउने जिम्मेवारी दिइएको हो । मुलुकको रणनीतिक पूर्वाधार सेनालाई दिनुपर्ने भन्दै सरकारले सेनालाई निर्माणको जिम्मेवारी दिइएको थियो ।चार वर्षमा निर्माण सक्नु पर्ने उक्त आयोजनाको लागत करिब एक खर्ब ७५ अर्ब रहेकोछ ।

प्रतिक्रिया दिनुहोस