भारतको जवाफ – नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतको जवाफ – नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौं । भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको विषयमा नेपालमा विरोध भइरहेका बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दावी छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्पुर्ण क्षेत्रलाई देखाइएको छ । तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने उनले बताए ।

साथै उनले दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने पनि बताए । नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन ।’

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ ।

यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस