काठमाडौं । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा वृद्धि भएको छ । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो ।
बिहिबार छापावाल प्रतितोला ७० हजार ६ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भैरहेको छ ।
बुधवार छापावाल सुन प्रतितोला ७० हजार २ सय, तेजावी सुन तोलाको ६९ हजार ९ सयमा कारोबार भएको थियो । बिहिबार आठ सय ५० रुपैयामा कारोबार भैरहेको छ । बुधबार चादी प्रतितोला आठ सय ४५ मा कारोबार भैरहेको थियो ।