कास्कीमा विद्यासहित ६ जनाको उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कास्कीमा विद्यासहित ६ जनाको उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहिबार


कास्की । कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् । भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

उनले बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् । उनको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।

त्यस्तै, २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । विश्वकर्माका समर्थक नरमाया सुनार र प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् ।

३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । ४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेकोबताइएको छ ।

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस