२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक गाग्री पानी लिन तीन घण्टा

अ+ अ-

बेझाड । रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ ।

एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम रकम सङ्कलन गरिएको थियो । यस आयोजना निर्माणमा रामपुर नगरपालिकाले रु १३ लाख सहयोग गरेको छ ।

कुल रु १६ लाख ६४ हजार ८०० को लागतमा गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानीको सुविधा पुर्‍याइएको मनभागा लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष भीमबहादुर सिङ्जालीले बताए । खानेपानी आयोजना सम्पन्न गर्न यहाँका १९ घरपरिवारका स्थानीय उपभोक्ताबाट एक सय जनाको जनश्रमदान परेको छ ।

“वर्षौँदेखिको खानेपानी समस्या समाधानमा आएको छ, पानीको सुविधा पुगेपछि तरकारी, फलफूल खेती गरेर आयस्रोत बढाउनेतर्फ स्थानीयवासी लागेका छन्”, उनले भने । यस खानेपानी आयोजनाबाट यहाँका १९ घरधुरीका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । थप छ घरपरिवारलाई खानेपानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिङ्जाली बताउँछन् ।

बस्तीदेखि करीब ५६० मिटर तल रहेको किर्लोखोला र ढुसिनी गैराको पानीलाई लिफ्टिङ गरेर माथि गाउँमा लगिएको हो । पिउनेपानी, गाई–भैँसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाउँमा पानीको कुनै पनि स्रोत नहुँदा यहाँका स्थानीयवासीले निकै समस्या भोग्दै आइरहेका थिए । पानी बोक्दैमा बिहान बित्ने गरेको स्थानीयवासी बिनिता ठाडाको भनाइ छ । “बिहान साढे दुई बजेपछि उठेर गाग्री बोकेर पानी लिन जाने हो, अबेर गइयो भने पानी भर्ने पालो पाइँदैनथ्यो, पानी बोक्दैमा बिहान बित्थ्यो”, उनले भने ।

श्रीमान् विदेश, बच्चाबच्चीको हेरचाह, गाई–भैँसीलाई घाँसपात, मेलापात, दुई/तीन घण्टा लगाएर एक्लै पानी बोक्नुपर्ने समस्या झेलेकी ठाडा अहिले भने गाउँमै पानी पाएपछि दङ्ग छिन् । गाउँमा खानेपानीको सुविधा पुगेपछि मेलापात, घरायसी धन्दा, गाई–भैँसीको हेरचाह गर्न सजिलो भएको बताइन् ।

रम्भा गाउँपालिकाको वीरकोट मोचाबारीमा रहेको धरमपानीको मुहानबाट विसं २०३९/४० देखि नै पाइपबाट ल्याइएको पानी यहाँका स्थानीयवासीले उपभोग गर्दै आएका थिए । विस्तारै पानी सुक्दै जाँदा विसं २०५७÷५८ देखि गाउँमा खानेपानीको अभाव सिर्जना हुनथालेको हो । पानीको समस्याले कुनै पनि पेशा–व्यावसाय गर्न नपाइएको उपभोक्ता तुला सारुले बताइन् ।

“प्रशस्त जग्गा भए पनि पानी नभएपछि राम्रो उत्पादन हुने जग्गा बाँझिन पुगे, अब पानी आएपछि पुनः बाँझिएका जग्गा प्रयोगमा आउन थालेको छ”, सारुले भनिन् । पानीको सुविधा पुगेपछि अहिले गाउँमा कृषि तथा पशुपालन व्यावसायमा चहलपहल बढ्न थालेको छ । पहिला माथिल्लो मनभागा र छापगाउँमा गरी करीब ५० घरपरिवारको बसोबास थियो ।

खानेपानीकै समस्याका कारण कोहीले बस्ती नै छाडेर अन्यत्र बसाइँसराइ गरेका थिए । अहिले दुई गाउँमा करीब २६ घरपरिवारको बसोबास छ । यो क्षेत्र रामपुर नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा र विकट क्षेत्रमा पर्छ । यहाँ वर्षौँदेखि खानेपानीको अभाव हुँदा पनि समस्या समाधानमा कसैको ध्यान नजाँदा स्थानीयवासीले एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टाको समय खर्चनुपर्थ्यो । पानी बोक्दैमा दिन बिताउन बाध्य यहाँका स्थानीयवासी अहिले भने गाउँमै पानी उपभोग गर्न पाउँदा खुशी भएका छन् ।