पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै - प्रशासन प्रशासन

पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै


प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ११:३६

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने भएका हुन् ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन सम्भवतः १६ तारिख अथवा २० वा २२ तारिख आउने तयारी भएको स्रोतले बताएको छ ।

सचिन त्यही दिन भारत फर्कने कार्यक्रम रहेको छ।

यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेपाल आएका थिए।

Tags:

प्रतिक्रिया दिनुहोस