राजस्व कार्यालयभित्र जिउँदै जलाइयो महिला अधिकारीलाई, बचाउन खोज्ने पुरुष कर्मचारीको पनि मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजस्व कार्यालयभित्र जिउँदै जलाइयो महिला अधिकारीलाई, बचाउन खोज्ने पुरुष कर्मचारीको पनि मृत्यु


२० कार्तिक २०७६, बुधबार


काठमाडौं । भारतको तेलङ्गाना राज्यमा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको छ ।

सोमबार सरकारी कार्यालयभित्र विजया रेड्डी नामक महिला अधिकारीको जिउँदै जलाएर हत्या गरिएको हो । उनलाई जोगाउन खोज्ने एक पुरुष कर्मचारीको पनि मङ्गलवार उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। आक्रमणकारीको शरीर पनि आगोले पोलेको छ।

सोमवार दिउँसो १ः३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ।

रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।

तेलङ्गानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पार्‍यो र अस्पताल लग्यो।

एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवत्‌का अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए त्यो पत्ता लगाउन खोजिँदैछ।

सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन्।

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ। उनले विगत दुई वर्षमा राजस्वका कर्मचारीसँग दुर्व्यहारका घटनाहरू भएको दाबी गरेका छन्। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस