निवृत्त कार्यालय सहयोगीको निधनमा गाउँपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निवृत्त कार्यालय सहयोगीको निधनमा गाउँपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय !


१९ कार्तिक २०७६, मंगलबार


काठमाडौँ । एक गाउँपालिकाले अवकासप्राप्त कार्यालय सहयोगीको निधनमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रदेश नं. १ स्थित भोक्राहा नरसिंह गाउँपालिकाले निवृत्त कार्यालय सहयोगी राम प्रसाद मेहताको निधनमा बुधवार गाउँपालिका क्षेत्र अन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँ पालिका उपाध्यक्ष पुनम कुमारी मेहताद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मृतक स्व.राम प्रसाद मेहताको स्मृतिमा मिति २०७६/०७/२० गते बुधवारको दिन भोकाहा नरसिंह गाउँपालिका क्षेत्र अन्तर्गत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय सबैलाई एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस