भारतको नक्शामा नेपाली भूभाग परेको भन्दै राप्रपाको आपत्ति « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भारतको नक्शामा नेपाली भूभाग परेको भन्दै राप्रपाको आपत्ति


१९ कार्तिक २०७६, मंगलबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली भुभाग भारतको नक्सामा पारेको विरोध जनाएको छ । सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

ती भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस