नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार


१९ कार्तिक २०७६, मंगलबार


काठमाडौं । नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको छ ।

काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको बताइएको छ ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएकाउनलाई नर्भिक अस्पताल ल्याएर उपचार थियो ।

चिकित्सकका अनुसार उनको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उनको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको थियो । अहिले उनलाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

परिवारका सदस्यका अनुसार सुवेदीमा यसअघि मुटुको समस्या देखिएको थिएन, बरू तीन महिनाअघि पत्थरीको अप्रेसन गरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेकपा नेता झक्कु सुवेदी रोल्पाका हुन् । उनी नेकपाको केन्द्रीय सम्पर्क मञ्चका सह–संयोजक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस