धनगढी । बझाङमा निर्माणाधीन कालङ्गा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
उद्धारका लागि हेलिकप्टर मार्फत काठमाडौंबाट गएको विज्ञसहितको टोलीले ३ जना मजदुरको शव सोमबार दिउँसो ३ बजे सुरुङबाट बाहिर निकाल्ने काम भएको उनले बताए ।
अझै एक जना मजदुर सुरुङभित्रै फसेकाले उद्धारमा खटिएको टोली फेरि खोजीका लागि सुरुङभित्र गइसकेको पाण्डेले बताए । उद्धार गरिएका तीन जना मजदुरको मृत्यु अक्सिजनको कमिका कारण निसास्सिएर भएको हुन सक्ने उनले बताए ।
स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको थियो । नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन् । सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भए पछि स्थानीय टोलीले उद्धारको प्रयास थालेको थियो ।
५ वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ ।