सुरक्षा बिहिन माथिल्लो डोल्पा, सुरक्षाकर्मी नहुँदा स्थानीय त्रसित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुरक्षा बिहिन माथिल्लो डोल्पा, सुरक्षाकर्मी नहुँदा स्थानीय त्रसित


१८ कार्तिक २०७६, सोमबार


डोल्पा । चिसो बढपछि सबै प्रहरी चौकी सदरमुकाम सारिएसँगै माथिल्लो डोल्पा सुरक्षाकर्मी बिहिन बनेको छ । माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाँउपालिका, छार्काताङसोङ गाँउपालिका र शे–फोक्सुण्डो गाँउपालिका सुरक्षाकर्मीबिहिन भएका हुन ।

असोजको अन्तिमामै चिसो बढेको भन्दै प्रहरी चौकी सदरमुकाम दुनै सारिएका छन् । माथिल्लो डोल्पाका अस्थायी प्रहरी चौकी दुनै सारेपछि सुक्षाबिहिन भएको भन्दै शे–फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष टासिटुण्डुप गूरुङले आफूहरुलाई फरक व्यवहार गरिएको बताएका छन् ।

अध्यक्ष गूरुङले भने,‘सुरक्षाकर्मि नहुँदा नागरिक त्रसित छन् हामीले सबै व्यवस्था गरेका थियौं तर चिसोको कारण देखाउँदै प्रहरी दुनै झारियो । हामीलाइ कस्ले दिने सुरक्षा सरकारले भोटवासीलाई अपहेलाना गरेको छ ।’

अस्थायी प्रहरी चौकी सदरमुकाम तानेपछि स्थानीयतहका बैँक, कार्यालय, गुम्बा र स्थानीयहरु सुरक्षाकर्मी बिहिन भएको डोल्पोबुद्ध गाँउपालिकाका अध्यक्ष तेम्बा गुरुङले जानकारी दिए ।

तेम्बाले भने, ‘हरेक बर्ष चोरी हुन्छ, स्थानीय त्रसित छन, सबै सुबिधा दिादा पनि प्रहरी स्थानीयसँग बसेन । बस्न, खानको व्यवस्था गरेका थियौं तर अब त प्रहरी गएपछि सुरक्षा बिहिन भयौं ।

डोल्पोबुद्धको धो, शे फोक्सुण्डोको साल्दाङ, राप गुम्बा, शे गुम्बा भिजेर, नाम्दो लगायतका क्षेत्रमा राखिएका ६ वटै अस्थायी प्रहरी चौकी सदरमुकाम सारिएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

डिएसपी रञ्जितकारले प्रहरी स्थानीयको जस्तो चिसो थेग्न नसक्ने र आफ्ना जवानको ज्यानको बाजि राखेर मृत्यूसँग सम्झौता गरेर राख्न नसक्ने बताए ।

तल्लो डोल्पामा बस्ने प्रहरीको र माथिल्लो डोल्पामा बस्ने प्रहरीको सेवा सुबिधा एकै भएकोले उचित प्रबन्ध नभएसम्म कठिन रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हिमाली चिसोमा लगाउन मिल्ने ज्याकेट, रासनपानी, तलब भत्ता, प्रोत्साहन भत्ता र अत्याधुनिक भवन भएमा बस्न सम्भव छ ।

हाल डोल्पामा २० स्थायी, ७ अस्थायी गरी २७ वटा प्रहरी चौकी रहेका छन । माथिल्लो डोल्पामा ६ वटा छन ति सबै अस्थायी हुन । डोल्पोबुद्धको धोमा भने अब प्रदेश सरकारले अत्याधुनिक भवन निर्माण गर्न लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस