कांग्रेस बलियो शक्ति बन्छ : सुजाता कोइराला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस बलियो शक्ति बन्छ : सुजाता कोइराला


१७ कार्तिक २०७६, आइतबार


चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कांग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले कांग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गरिन् ।

उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक ठाउँमा हुने गरेको बताइन् । कांग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् । निर्वाचनपछि कांग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, ‘जुन अवस्थामा कांग्रेस थियो, त्यही अवस्थामा कांग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।’ रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस