२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पचास वर्षमाथिका पाँच खेलाडीलाई सम्मान

अ+ अ-

गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ ।

सम्मानित हुनेमा एथलेटिक्सतर्फ ६१ वर्षीय मीनबहादुर पाइजा, पौडी तथा डाइभिङतर्फ अन्तरराष्ट्रिय उपाधि विजेतासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षीय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षीया कौशिला खत्री र बक्सिङमा ७४ वर्षीय मानबहादुर बुढाथोकी रहेका छन् ।

राष्ट्रिय खेलकूद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल ह्याडबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरीक्षक धु्रवप्रसाद शर्मा, टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले उहाँहरूलाई संयुक्तरूपमा सम्मान गरेका थिए ।

टोड्के हिल्स रिसोर्ट प्रालिले आयोजना गरेको ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश खेलाडीको सम्मान कार्यक्रममा उपाध्यक्ष तिमिल्सिनाले खेलकूदको माध्यमद्वारा पर्यटक प्रवद्र्धन गर्न सकिने बताउँदै खेल पूर्वाधारको विकाससँगै खेलाडीको हितमा नीतिगत सुधारको पहल आवश्यक रहेको बताए।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीलाई उच्च स्थानमा तालीम प्रदान, ज्येष्ठ खेलाडीको योगदानको कदर र टोड्केको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भीम शेरचनले बताए ।

सागमा सहभागी हुने खेलाडीलाई तालीम

आसन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) गेममा नेपालको तर्फबाट सहभागी हुने ह्याण्डबलका खेलाडीलाई समुद्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड तालीम आयोजना गरिएको छ ।

टोड्के रिसोर्टको आयोजना र राष्ट्रिय खेलकूद विकास परिषद्को व्यवस्थापनमा शनिबारदेखि शुरु भएको तालीमको राष्ट्रिय खेलकूद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरे । महिला र पुरुष गरी करीब ५० खेलाडीको तालीममा सहभागिता रहेको छ ।

पोखरामा बन्द प्रशिक्षणमा रहेका पुरुष र महिला ह्याडबलका १६÷१६ खेलाडी र अफिसियल गरी ५० खेलाडी म्याग्दी आएका छन् । उनीहरूबीच शनिबार टोड्केमा मैत्रीपूर्ण खेल खेलाइएको थियो । खेलाडीलाई मानसिक र शारीरिक प्रशिक्षण गराइएको थियो । खेलाडीको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याडबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए । आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म पोखरामा १३औँ सागअन्तर्गत ह्याडबल महिला र पुरुषसहित नौ खेल हुने भएको छ । तालीम आज समाप्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस