आज आउँदैछ ३ अर्व ३८ करोडको सेनाको नयाँ विमान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज आउँदैछ ३ अर्व ३८ करोडको सेनाको नयाँ विमान


१६ कार्तिक २०७६, शनिबार


काठमाडौँ । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान आज (शनिबार) काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो ।

सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ ।

विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

नेपाली सेनासँंग रहेका २७ वटा हवाई साधनमध्ये हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस