२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसमा उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न र पार्टीको विधानअनुसार कार्य सम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

कांग्रेसको विधानअनुसार हाल संसदीय समिति गठन नभएकाले संसदीय समितिले गर्ने कामको अधिकार पदाधिकारीलाई प्रत्यायोजन गरिएको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत पदाधिकारी बैठकमा सामेल गराई निर्णय गराउने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो ।

यसैगरी उपनिर्वाचन अन्तर्गत सुनसरीको उप–महानगरपालिकाको प्रमुख पदका लागि कांग्रेस सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत् रुपमा तिलक राईको नाम सिफारिस भई आएकाले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यही कात्तिक १७ गते अपरान्ह ३ः०० बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने उनले बताए ।

पार्टी सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री डा शशाङ्क कोइरालाले प्रस्तुत गरेका प्रस्तावमाथि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए । यसैगरी बैठकले तराई–मधेशलगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठपर्वको हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामना साथ समस्त नेपाली दिदीबहिनी दाजुभाइमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।