वडा कार्यालय तोडफोड गरी कागजात चोरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडा कार्यालय तोडफोड गरी कागजात चोरी


१५ कार्तिक २०७६, शुक्रबार


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–९ को कार्यालय तोडफोड गरी चोरी भएकोे छ ।

तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए ।

वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताए ।

अज्ञात समूहले कार्यालयको मुख्य ढोकासहित पाँच ढोका, स्टिल दराज र वडाध्यक्षको कार्यकक्षको टेबुलको घर्रा तोडफोड गरेको छ । चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस